spot_img

Monday, April 28, 2025

महासमिति बैठकबाट पार्टी वैचारिक रुपले समृद्ध र संगठनात्मक रुपले सबल भएको सन्देश प्रवाह- शेरबहादुर देउवा

फागुन १०, काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट पार्टी वैचारिक रुपमा समृद्ध र संगठनात्मक रुपमा सबल बनेको बताउनुभएको छ। बिहीबार पार्टीको महासमिति बैठक समापन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले महासमिति बैठकबाट पार्टी वैचारिक रुपले समृद्ध र संगठनात्मक रुपले सबल भएको सन्देश प्रवाह भएको बताउनुभएको हो।

उहाँले पार्टी अनुशासित, ऊर्जावान र एकताबद्ध बनाउने सन्देश पनि प्रवाह भएको बताउनुभयो। उहाँले महासमिति बैठकले नेपाल र नेपाली काँग्रेसको राजनीतिमा एक विशिष्ट ऐतिहासिक महत्त्व राख्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले महासमिति बैठकपछि नेपाली काँग्रेसप्रति थप विश्वास गर्ने वातावरण बनेको बताउनुभयो। सभापति देउवाले काँग्रेस सत्तारुढ गठबन्धनको प्रमुख घटक भएको भन्दै मुलुकमा सुशासन, विकास र समृद्धि ल्याउन सरकारलाई सहयोग गर्नु मुख्य दायित्त्व हुने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘महासमितिबाट गरिएका नीतिगत उद्घोष देशमा सकारात्मक तथा अग्रगामी परिवर्तनको आधार बनेका छन्। हामी यो गौरवशाली इतिहासलाई निरन्तरता दिन चाहन्छौँ। देशभित्र मात्रै होइन नेपाली काँग्रेसले गर्ने नीतिगत निर्णयहरु अन्तर्राष्ट्रिय जगतमा पनि ठुलो महत्त्व राख्दछ। नेपाली काँग्रेस देशको सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी हो। हाम्रा नीति, कार्यक्रम र व्यवहार लोकतान्त्रिक मूल्यमान्यता, समय सापेक्ष, दूरदर्शी र जिम्मेवार हुने भएको हुँदा हामीले यो अवसर र गौरव प्राप्त गरेका हौँ। महासमितिको बैठकबाट देश भित्र र बाहिर रहनुभएका सबै नेपाली काँग्रेसप्रति थप विश्वास गर्ने वातावरण बनेको छ भन्ने मैले विश्वास गरेको छु। नेपाली काँग्रेस वर्तमान गठबन्धनको सरकारको प्रमुख घटकको रुपमा मुलुकमा सुशासन, विकास, समृद्धि ल्याउन सरकारलाई निरन्तर सहयोग गर्न राष्ट्रहितमा काम गर्न प्रोत्साहन गर्ने हाम्रो मुख्य दायित्व हो। यो नेपाली काँगेसलाई वैचारिक रुपले समृद्ध, संगठनात्मक रुपले सवल, अनुशासित, ऊर्जावान र एकतावद्ध बनाउने सन्देश प्रवाह भएको छ। यो बैठक नेपाल र नेपाली काँग्रेसको राजनीतिमा एक विशिष्ट ऐतिहासिक महत्त्व राख्नेछ भन्ने विश्वास लिएको छु।’

सभापति देउवाले महासमितिमा प्राप्त सुझावहरुलाई आगामी केन्द्रीय समिति बैठकमा छलफल गरी प्रतिवेदनलाई परिमार्जन गरिने पनि बताउनुभयो।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार