spot_img

Tuesday, July 15, 2025

गैँडाकोट मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टिमलाई वडा कार्यालय गैँडाकोट ४ द्वारा सम्मान

फागुन १०,गैँडाकोट । तेस्रो (वडा स्तरीय) गैँडाकोट मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता–२०८० को विजेता टिमलाई वडा कार्यालयले सम्मान गरेको छ । सोमबार गैँडाकोट ७ र गैँडाकोट ४ बीच भएको क्रिकेट खेलमा गैँडाकोट ४ विजेता बनेको थियो । गैँडाकोट ४ को क्रिकेट टिमलाई गैँडाकोट ४ को वडा कार्यालयले बिहीबार एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

गैँडाकोट वाड नं. ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले क्रिकेट खेलाडीको हौसला र क्रिकेट खेलको विकासका लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

समाजसेवी व्यक्तित्व टोलनाथ घिमिरेले क्रिकेट खेलाडीले वडाको गरिमा बढाएको हुँदा विजयी टिमलाई बधाई तथा शुभकामना प्रदान गर्नुभयो । गण्डकी प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रकाश पौडेलले खेलाडीको विजय वडाका लागि गौरवको कुरा भएको बताउनुभयो । वडा भित्र रहेका खेलाडीको अभ्यासका लागि नेटजालीको व्यवस्थापनका लागि आग्रह गर्नुभयो । गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले गैँडाकोट ४ ले रचेको इतिहास जोगाइ राख्न खेलाडीहरुले निरन्तर अभ्यास गर्न आवश्यक भएको बताउनुभयो ।

कार्यपालिका सदस्य शान्ता घर्तीले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य इन्द्रकला घिमिरे, धनमाया परियार, वडा सचिव बेदनाथ दाहाल लगायतका अतिथिहरु रहेका थिए । कार्यक्रमको सहजीकरण गैँडाकोट ४ का वडा सदस्य हरि पौडेलले गर्नुभएको थियो ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार