spot_img

Tuesday, July 28, 2026

गण्डकी प्रदेश राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

फागुन १०,गैँडाकोट (प्रेम क्षेत्री) गण्डकी प्रदेश खेलकूद परिषद्को आयोजना तथा जिल्ला खेलकुद विकास समिति नवलपुरको व्यवस्थापनमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ ।

गैँडाकोटमा हुने तेक्वान्दो खेलको सम्पूर्ण तयारी पुरा भएको गैँडाकोट नगर खेलकुद विकास समितिका उपाध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो । प्रदेशका ९ वटा जिल्लाका १०८ जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाउने उहाँले जानकारी दिनुभयो ।

११, १२ र १३ गते जिल्लाका अन्य पालिकाहरुमा समेत विभिन्न खेलमा प्रतिस्पर्धा हुँदैछ । देवचुली नगरपालिकामा भलिबल र कबड्डी, कावासोती नगरपालिकामा एथ्लेटिक्स र उसु, मध्यविन्दु नगरपालिकामा सितेरियो कराँतेका खेल हुँदैछन् । प्रतियोगिताका लागि प्रदेशका विभिन्न जिल्लाबाट खेलाडी आइसकेका छन् ।

गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले नवलपुरको पर्यटन विकासलाई खेल मार्फतबाट अगाडि बढाउन यी प्रतियोगिता नवलपुरमा आयोजना गरिएको बताउनुभयो ।

विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने र उनीहरुको प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यका साथ स्थानीय, प्रदेश र राष्ट्रिय तहको प्रतियोगिता आयोजना गरिएको हो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :