spot_img

Thursday, February 13, 2025

त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित

फागुन ९, काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जितका लागि नेपालले दिएको एक सय ६९ रनको मध्यम लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा आठ विकेटको क्षतिमा एक सय ७२ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

  • -advertisement-

नामिबियाका लागि कप्तान जोरार्ड इरास्मस ५२ रन बनाउनुभयो । यस्तै माइकल भान लिङ्गेनले ३१, जेजे स्मिथले अविजित ३४ र रुबेल ट्रम्पलम्यानले १६ रन बनाउनुभयो । बलिङमा नेपालका कुशल भुर्तेलले तीन विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल, कुशल मल्ल र ललित राजवंशीले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६८ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५८ रन बनाउनुभयो । उहाँले ६४ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो ।

यस्तै कुशल मल्लले ३६, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करण केसीले १२ रन बनाउनुभयो । बलिङमा नामिबियाका बेर्नार्ड स्कोल्ट्ज र जान निकाले लोफ्टी इएटनले चार चार विकेट लिनुभयो । कप्तान जोरार्ड इरास्मस र ज्याक ब्रसिलले एक एक विकेट लिनुभयो ।

जितसँगै तिन खेलबाट चार अङ्क बनाएको नामिबिया शीर्ष स्थानमा उक्लिएको छ । नेपालले तीन खेलबाट दुई अङ्क बनाएको छ । नेदरल्यान्ड्सको दुई खेलबाट दुई अङ्क छ । नेपाल सिरिजको पहिलो खेलमा नामिबियासँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो । नेपालले यस सिरिजको चौथो तथा अन्तिम खेल आइतबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।

 

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार