spot_img

Tuesday, January 21, 2025

कालिका माविले अभिभावकलाई सिकायो असल संस्कार

फागुन ६,गैँडाकोट । गैँडाकोट ८ मा रहेको कालिका नमुना माध्यमिक विद्यालयका अभिभावकहरुलाई असल संस्कारबारे उत्प्रेरणा प्रदान गरिएको छ । परिवारमा, समाजमा बालबालिकालाई कस्तो संस्कार दिने लगायतको विषयमा उत्प्रेरणा गरिएको थियो । प्रशिक्षक वरिष्ठ राजयोग ब्रमकुमार राजु घलेले बालबालिकालाई अनुशासन सिकाउन, जिम्मेवार बनाउन र असल संस्कार सिकाउन अभिभावकलाई आग्रह गर्नुभएको छ ।

घरमा नै बालबालिकालाई संस्कार सिकाउने दायित्व अभिभावकको रहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक प्रजानाथ कंडेलले शिक्षक, अभिभावक र विद्यार्थी बिचको त्रिकोणात्मक सम्बन्ध बलियो बनाउन यस्ता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । त्रिकोणात्मक सम्बन्ध राम्रो भएमा शैक्षिक सुधारमा पनि सकारात्मक परिर्वतन आउने उहाँले बताउनुभयो ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

१ सय ५० बढी अभिभावकको सहभागिता रहेको कार्यक्रमको सहजिकरण बिद्यालयका सहायक प्रधानाध्यापक राजु पुरीले गर्नुभएको थियो । यसअघि फागुन ३ गते विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई तनाव व्यवस्थापनका विषयमा अभिमुखिकरण गरिएको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार