spot_img

Wednesday, February 12, 2025

पेट्रोल, डिजेल तथा मट्टितेलमा दुई रुपियाँ बढ्यो

 फागुन ४,काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगम सञ्चालक समितिको बिहीवारको बैठकले बिहीवार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि गरेको हो ।

पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु दुई रुपियाँ वृद्धि भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो । निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।

  • -advertisement-

निगमले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः रु १६९।५०, १७१ र १७२ तथा डिजेल-मटिटेल क्रमशः १५७।५०, १५९ र १६० तोकेको छ ।

इण्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर रु १।८३ र डिजेलमा रु १।५६ बढेर आएको निगमले जनाएको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार