फागुन ०१,गैँडाकोट । नव जागरण रंगशालामा जारी तेस्रो (वडा स्तरीय) गैँडाकोट मेयर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको आजका खेलमा गैँडाकोट ६ र गैँडाकोट ८ विजयी भएका छन् ।
पहिलो खेलमा गैँडाकोट ६ ले गैँडाकोट ११ लाई १३ रनले पराजित गरेको हो भने दोस्रो खेलमा गैँडाकोट ८ ले गैँडाकोट १२ लाइ ७ विकेटले पराजित गरेको हो ।
नव जागरण रंगशालामा हुने भोलीको पहिलो खेलमा गैँडाकोट १४ र गैँडाकोट ७ बीच बिहान १० बजेपछि हुनेछ । भोलीबाट दोस्रो चरणको खेल सुरु हुनेछन् । दोस्रो चरणको पहिलो खेलमा गैँडाकोट ३ र गैँडाकोट २ बीच १ बजेपछि खेल हुने आयोजक संस्थाका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक विष्णुप्रसाद कँडेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको प्रथम पुरस्कार ५१ हजार र द्वितीय पुरस्कार ३१ हजार रुपैयाँ रहेको छ । त्यस्तै म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेष्ट ब्याटसम्यान, बेष्ट बलर, बेष्ट विकेट किपरलाई पुरस्कृत गरिने छ । शनिबारदेखी सुरु भएको प्रतियोगिता फागुन ६ गतेसम्म चल्ने छ ।