माघ २८,चितवन । सामाजिक कार्यको क्षेत्रमा सक्रिय युवाहरु आवद्घ संस्था ब्लड डोनर्स सोसाईटी नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
आइतबार अबेर सम्पन्न अधिवेशनले पुनः अर्जुन अधिकारीको अध्यक्षतामा आगामी ३ बर्षका लागि १३ सदस्यीय कार्यसमिती चयन गरेको हो । संस्थाको वरिष्ठ उपाध्यक्षमा हरि प्रसाद न्यौपाने, उपाध्यक्षमा सन्तोष शाह, महासचिव अन्जन दवाडी रहनुभएको छ ।
त्यसैगरी सचिवमा अन्जन तिवारी, कोषाध्यक्षमा शान्ता सुवेदी, सह–कोषाध्यक्ष ईस्वर अधिकारी चयन चयन हुनुभएको हो । संस्थाको सदस्यहरुमा सुरेन्द्र धिताल, प्रवल केसी, दिपक घिमिरे, प्रतीक आचार्य, रहनुभएको छ । संस्थाको सल्लाहकार समिती र कार्यसमिती पदमा महिला २ सदस्य पहिलो बैठकबाट चयन गरिने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
कमेन्ट :