देशको अर्थतन्त्र सुधारको बाटोमा – अर्थमन्त्री डा. प्रकाशशरण महत

kala sahitya side 1

माघ २३ ,कपिलवस्तु (जानु पाण्डे)। अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारको बाटोमा रहेको बताउनुभएको छ। कपिलवस्तु उद्योग वाणिज्य सङ्घको १६ औँ साधारण सभा तथा ८ औँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै महतले अर्थतन्त्रका धेरै सूचांकमा सकारात्मक परिवर्तन आएको दाबी गर्नुभएको हो।

“वैदेशिक क्षेत्रको कुरा गर्ने हो भने आयातको लागि विदेशी मुद्राको आवश्यकता पर्छ। त्यो हामीसँग यथेष्ट छ। चाहिने भन्दा बढी छ। कुनै शङ्का छैन। श्रीलङ्का हुने चान्स नै छैन। ब्यालेन्स अफ पेमेन्ट पहिलो पटक सकारात्मक भएको छ।

Article Inline 2

आन्तरिक कुरा गर्दा मूल्य वृद्धि घटेको छ। हाम्रो लक्ष्य साढे छ भन्दा माथि जान दिनु हुँदैन भनेका थियौ। त्यो भन्दा तल आयो। शेयर मार्केट १८ सयबाट झर्न थालेको थियो। अहिले २१ सय प्लस गएको छ। अब जग्गाको कारोबार बिस्तारै चलायमान हुँदै छ। राजस्व पनि ११/१२ प्रतिशतले बढेको छ,” मन्त्री डा. महतले बताउनुभयो।

उहाँले स्थानीय तहमा सानो सानो आवश्यकता लेनदेन तथा बचत गर्न सहकारी स्थापना गरेको बताउनुभयो। बचतकर्ता सञ्चालक चिने जानेको विश्वासमा चल्ने भनेर सहकारी मन्त्रालयलाई हेर्ने जिम्मा दिएका थियो। नियम नै नभएको कारणले सहकारीमा समस्या आएको बताउनुभयो।

टुक्रे योजनाको अन्त्य गर्न सङ्घीय सरकारले कार्यविधि निर्माण गर्न लागेको जानकारीसमेत उहाँले दिनुभएको छ। न्यूनतम तीन करोड , प्रदेश सरकारले एक करोड र साना योजना स्थानीय सरकारले हुने गरी कार्यविधि निर्माण गर्न लागेको उहाँको भनाइ छ। अनुत्पादक क्षेत्र, आवश्यकता भन्दा बाहिरको योजनामा सरकारले लगानी नगर्ने स्पष्ट पार्नुभएको थियो।

सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले भारतीय पर्यटक घुम्न आउँदा २५ हजारको सीमा ब्यारियर हटाउन माग गर्नुभएको थियो।

सभामा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले विगत तीन वर्षदेखि उद्योग व्यवसाय धरासयी हुँदै गएको बताउनुभयो। उद्योगीको समस्या समाधान गर्न सरकारले सहुलियतको प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभयो। सभाको खुला सत्र अध्यक्ष डोलकराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :