single head

सहयात्री बचत तथा ऋण सहकारीद्वारा २० करोड ४९ लाख रुपैयाँको वित्तीय लक्ष्य हस्तान्तरण

single post top 1

गैँडाकोट । सहयात्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ का लागि करिब २० करोड ४९ लाख रुपैयाँ बराबरको वित्तीय लक्ष्य तथा कार्य विवरण हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

single p1

कार्यक्रममा संस्थाका अध्यक्ष भीम प्रसाद सापकोटाले व्यवस्थापन प्रमुख बृहस्पती घिमिरेलाई चालु आर्थिक वर्षका लागि निर्धारित वित्तीय लक्ष्य तथा कार्य विवरण हस्तान्तरण गर्नुभएको थियो। त्यसपछि व्यवस्थापन प्रमुख घिमिरेले विभिन्न विभाग तथा क्षेत्रका कर्मचारीहरूलाई आ–आफ्नो जिम्मेवारीअनुसारको वित्तीय लक्ष्य तथा कार्य विवरण हस्तान्तरण गर्नुभयो।

single p2

संस्थाकाअध्यक्ष भीम प्रसाद सापकोटाले संस्थाले निर्धारण गरेको लक्ष्य हासिल गर्न सञ्चालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीबीच समन्वय, अनुशासन र प्रतिबद्धताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सदस्यकेन्द्रित सेवा, सुशासन, पारदर्शिता र संस्थागत विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षमा अझ उत्कृष्ट नतिजा हासिल हुने विश्वास व्यक्त गर्नुभयो।

निवर्तमान अध्यक्ष लछुमन ओझाले आगामी कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै निर्धारित लक्ष्य हासिल गर्न सबैको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी, आन्तरिक लेखा सुपरिवेक्षण समितिकी संयोजक अनिता पौडेल घिमिरेले वित्तीय लक्ष्य तथा कार्य विवरणअनुसार उत्कृष्ट उपलब्धि हासिल गर्न शुभकामना व्यक्त गर्दै गत आर्थिक वर्षमा प्राप्त सफलतालाई आगामी वर्षमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो।

व्यवस्थापन प्रमुख बृहस्पती घिमिरेले सञ्चालक समितिबाट प्राप्त वित्तीय लक्ष्य तथा कार्य विवरण पूरा गर्न सम्पूर्ण व्यवस्थापन टोली पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँका अनुसार गत आर्थिक वर्षमा संस्थाले अधिकांश सूचकमा ९५ प्रतिशतभन्दा बढी र केही सूचकमा शतप्रतिशतभन्दा बढी लक्ष्य हासिल गर्न सफल भएको थियो। आगामी वर्षमा पनि अझ प्रभावकारी योजना र सामूहिक प्रयासमार्फत निर्धारित लक्ष्य हासिल गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा सञ्चालक समिति, विभिन्न उपसमिति तथा कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। संस्थाकी सचिव सावित्रा खवासले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण व्यवस्थापन प्रमुख बृहस्पती घिमिरेले गर्नुभएको थियो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3