spot_img

Friday, November 14, 2025

लगातार पाँच दिन बढेको सुनको भाउ आइतबार भने घट्यो

माघ २१,काठमाण्डौ ।  साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको भाउ घटेको छ। लगातार पाँच दिन बढेको सुनको भाउ आइतबार भने घटेको छ। यो पाँच दिनमा सुनको भाउ एक हजार पाँच सय रूपैयाँ बढ्न पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ।  शुक्रबार प्रतितोला १४ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १३ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस दुई हजार ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :