single head

रुग्ण उद्योग सञ्चालन गर्नु वर्तमान सरकारको नीति रहेको प्रधानमन्त्रीको भनाई

single post top 1

माघ २० गाईघाट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुग्ण उद्योगलाई पुनःसञ्चालनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।उहाँले रुग्ण उद्योग सञ्चालन गर्नु वर्तमान सरकारको नीति रहेको प्रष्ट पार्नुभयो।

single p1

शनिबार उदयपुरको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगको प्लान्ट क्षेत्रको स्थलगत निरीक्षणपछि उद्योगका कर्मचारीलाई निर्देशन दिँदै उहाँले यस्तो बताउनुभएको हो।

single p2

प्रधानमन्त्री प्रचण्डले धेरै ठूलो चुनढुङ्गाको खानी सुरक्षित रहेको उदयपुर सिमेन्ट उद्योगलाई अपग्रेड गरी उत्पादन क्षमतालाई बढाएर नाफामा लैजानसक्नु पर्ने बताउनुभयो।

कर्मचारीमा अनुशासन र लगनशीलता हुनुपर्ने कुरामा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले उद्योगको रोपवे महत्त्वपूर्ण पूर्वाधार भएकोले यसको भरपुर उपयोग हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले मुलुकको सबैभन्दा ठुलो सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगको स्थलगत अवलोकनपछि यसको व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गरेर दीर्घकालीन समाधान खोज्ने विषयमासमेत छलफल भइरहेको बताउनुभएको छ।

‘‘यहाँको समस्याको मूल प्रकृति पहिचान भएको छ।तर यसको मिल फेर्न निकै ठूलो रकम खर्च हुने भएकोले निजी क्षेत्रमा लगियो भने दीर्घकालीन हुनसक्छ कि भन्ने विषयमा व्यापक छलफल भइरहेको छ’’, उहाँले भन्नुभयो।

 

प्रधानमन्त्री समक्ष उद्योगका महाप्रबन्धक खगेन्द्र बस्नेतले  ३० वर्ष पुराना मेसिन मर्मत हुननसक्नु, लागत भन्दा बजार मूल्य कम हुनु, कोइला र डिजलको निरन्तर मूल्य बढ्नु, दक्ष जनशक्तिको नियमित अवकास हुनु समस्या रहेको बताउनुभयो।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3