single head

गैँडाकोट ६ मा भएको निःशुल्क आँखा शिविरमा ३५१ जनाले आँखा जाँच गराए

single post top 1

माघ २०,गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ६ मा भएको निःशुल्क आँखा शिविरमा ३५१ जनाले आँखा जाँच गराएका छन् ।

single p1

शिविरमा २१ जनामा मोतीविन्दुको समस्या देखिएको गैँडाकोट ६ का वडा अध्यक्ष शुभाष चापागाईंले जानकारी दिनुभयो । उनीहरुलाई निःशुल्क शल्यक्रियाका लागि भरतपुर आँखा अस्पताल पठाइएको उहाँले बताउनुभयो । कार्यक्रममा निःशुल्क औषधी समेत वितरण गरिएको कार्यक्रम संयोजक गोविन्द सुवेदीले जानकारी दिनुभयो ।

single p2

वडा नम्बर ६ को कार्यालयको आयोजना एवं लायन्स क्लब अफ गैँडाकोट, सामाजिक विकास तथा अनुसन्धान केन्द्रको सहयोग तथा भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा भाग्योदय आधारभूत विद्यालयमा कार्यक्रम भएको थियो ।

लायन्स क्लब ३२५ आर का प्रथम भाइस डिस्ट्रिक गर्भनर दिननाथ न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लायन्सकर्मीहरु कृष्ण पाण्डे, गोपालप्रसाद गौतम, सिआर कँडेल, शालिकराम सापकोटा, देशबन्धु सिग्देल, सामाजिक विकास तथा अनुसन्धान केन्द्रका सचिव केदार पौडेल, भरतपुर आँखा अस्पतालका प्राविधिक आयुष पौडेल, वडा सदस्यहरु, समाजेसेवी लगायतको उपस्थिति रहेको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3