- माघ १७,गैँडाकोट । स्वतन्त्र विद्यार्थी युनियन कालिका संस्कृत विद्यापीठको आयोजनामा बिहीबारदेखी गैँडाकोटमा तिलकप्रसाद सापकोटा स्मृति अन्तर मावि जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु हुँदैछ ।
- कालिका संस्कृत विद्यापीठमा बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक एवं युनियनका सभापति नारायणप्रसाद बस्यालले प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिनुभयो । गैँडाकोट ३, ४ र ८ स्थित क्षेत्रिय रङ्गशालामा हुने प्रतियोगितामा जिल्ला भरका १६ वटा विद्यालयले सहभागिता जनाउने उहाँले बताउनुभयो ।
प्रतियोगितामा प्रथम पुरस्कार ६६ हजार ६ सय ६६, द्वितीय पुरस्कार ३३ हजार ३ सय ३३ रुपैयाँ रहेको छ । प्रथम पुरस्कार तिलकप्रसाद सापकोटा परिवार र द्वितीय पुरस्कार सेन्ट्रल कलेजले प्रायोजन गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जनाइएको छ । उद्घाटन खेल बिहीबार दिउँसो १ बजे एसपिएम कलेज र अक्सफोर्ड कलेजबीच हुने छ । प्रतियोगिता सञ्चालनका लागि करिब साढे ३ लाख खर्च हुने अनुमान गरिएको छ ।
कमेन्ट :