single head

गठबन्धन दलहरूमा अहिलेकै मन्त्रिपरिषद्लाई अघि लिएर जाने सहमति भयो -कानुन मन्त्री धनराज गुरुङ

single post top 1

 माघ १७,बुटवल । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले तत्कालै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना नरहेको स्पष्ट गर्नुभएको छ ।

single p1

नेपाल प्रेस युनियन रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गुरुङले मन्त्रिपरिषदमा परिवर्तन गर्ने सम्पूर्ण अधिकार प्रधानमन्त्रीमा निहित रहेको बताउनुहुँदै मन्त्रिपरिषद् हेरफेरका विषयमा कुरा उठेपनि अहिले त्यो सम्भावना टरेको बताउनु भयो ।

single p2

‘‘यो गठबन्धन सरकार हो, गठबन्धनमा रहेका सबै दलसँग सहमति भएमा मात्र मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ,’’ मन्त्री गुरुङले भन्नुभयो, ‘‘गठबन्धन दलहरूमा तत्काल अहिलेकै मन्त्रिपरिषद्लाई अघि लिएर जाने सहमति भयो ।’’

मन्त्री गुरुङले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अब हुने संसद् अधिवेशनमा प्रस्तुत हुने जानकारी दिनुहुँदै त्यसका लागि शीर्ष राजनैतिक दलका नेताहरूबिच सहमतिको प्रयास भइरहेको बताउनु भयो ।

उहाँले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक भरसक सहमतिमा पेस गर्ने र सहमति नभए पनि पक्रियामा गएर प्रस्तुत गर्ने जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका उपसभापति समेत रहनु भएका मन्त्री गुरुङले कांग्रेसको महासमिति बैठक फागुन ७ का लागि तोकिएको र अब नसर्ने स्पष्ट गर्नुभयो ।

नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कवीन्द्र नेपालको अध्यक्षता र सचिव कपिल ज्ञवालीको सञ्चालनमा पत्रकार सम्मेलन कार्यक्रम भएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3