पेट्रोलमा ४, डिजेल र मट्टितेलमा २ र ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि

banner 1

माघ १७,काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि गरेको हो।

भारतबाट वृद्धि भएर मूल्यसूची आएपछि निगमले पेट्रोलमा ४, डिजेल र मट्टितेलमा २ र ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको हो। यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७०, डिजेटल र मट्टितेलको मूल्य १५८ र ग्यासको मूल्य १९१० रुपैयाँ पुगेको छ।

Article Inline 2

नयाँ मूल्यसूची राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :