single head

विशेष आर्थिक क्षेत्रलाई महत्त्व दिएर निजी–सरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ-  प्रधानमन्त्री

single post top 1

माघ १५, सिमरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने बताउनुभएको छ ।

single p1

बाराको जीतपुरसिमरा उपमहानगर पालिकास्थित विशेष आर्थिक क्षेत्र (सेज)को अवलोकन प्रभणपश्चात स्थानीय व्यवसायीसँग आज अन्तरक्रिया गर्नुहुँदै उहाँले निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाउने स्पष्ट पार्नुभयो ।

single p2

“निजी क्षेत्रलाई संलग्न नगराई सेज परियोजना सफल हुँदैन, सरकार निजी क्षेत्रको साथमा छ,” प्रधानमन्त्रीले भन्नुभयो, “रुग्ण उद्योग सञ्चालन हुन्छन्, विशेष आर्थिक क्षेत्रलाई महत्त्व दिएर निजी–सरकारी साझेदारीमा उद्योग सञ्चालन गर्नुपर्छ ।”

‘सेज’ले उत्पादन र निर्यात प्रवर्द्धनमा सहयोग पुर्‍याइ देशलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गर्नुभयो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3