single head

तिलोत्तमा उद्योग वाणिज्य संघले गर्यो स्वर्गीय देवकोटाको परिवारलाइ १ लाख १ हजार सहयोग  

single post top 1

तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ, रुपन्देहीका संस्थापक महासचिव स्वर्गीय माधवलाल देवकोटाको परिवारलाई तिलोत्तमा उद्योग वाणिज्य संघले राहत सहयोग प्रदान गरेको छ ।
२०८० साल मंसिर ४ गतेका दिन रुपन्देहीको तिलोत्तमा नगरपालिका ड्राईभरटोलमा भएको सवारी दुर्घटनामा परी संघका सल्लाहाकार समेत रहेका संस्थापक महासचिव स्वर्गीय देवकोटाको परिवारलाई संघले सहयोग स्वरुप रु. १ लाख १ हजारको चेक प्रदान गरेको हो ।
तिलोत्तमा उद्योग वाणिज्य संघले सोमबार एक कार्यक्रमका विच तिलोत्तमा बहुमुखी सहकारी संस्थाका अध्यक्ष, सहकारी संघका केन्द्रीय सदस्य एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक समेत रहेका संघका संस्थापक महासचिव स्वर्गीय देवकोटाको निवासमै पुगेर देवकोटाकी धर्म पत्नी बिमला शर्मालाई सहयोग स्वरुप १ लाख १ हजारको चेक  हस्तान्तरण गरेको हो ।
देवकोटाकी धर्मपत्नी शर्मालाइ तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाण र संघका अध्यक्ष गुणनिधी भन्डारी(माधव)लगायतले चेक हस्तान्तरण गर्नुभएको हो ।

single p1

सो अवसरमा बोल्दै नगर प्रमुख खाणले स्वर्गीय देवकोटाले सस्था र ब्यवसायीको हितका लागि गरेको योगदानको कदर गर्दै यो सहयोग सामाजिक हिसावले अनुकरणिय र मानबिय हिसावले पुन्यको काम भएको बताउनु भयो ।
संघका संस्थापक महासचिव स्वर्गीय देवकोटाले संघको स्थापनाकाल देखि हाल सम्म संस्थागत विकास तथा ब्यवसायीहरुको एकता, हकहितका साथै  ब्यवसायको प्रवद्र्धनमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै परिवारको राहतका लागि संस्थाले नगद रकम सहयोग गरेको तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधी भण्डारी (माधव)ले बताउनु भयो ।

single p2

स्वर्गीय देवकोटाले आफ्नो जीवनकालमा विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै सामाजिक क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउनु भएपनि उहांको मृत्युपश्चात परिवार अभिभावक विहिन अवस्थामा पुगेको अवस्थालाई समेत मध्येनजर गरी वालवालिकाको शिक्षा तथा परिवारलाई केही सहयोग पुर्याउने उद्देश्यले संघले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै नगद सहयोग प्रदान गरेको संघका उद्योग उपाध्यक्ष सूरज पंगेनीले बताउनु भयो ।

देवकोटाको तिलोत्तमा उद्योग वाणिज्य संघले गत मंसिर १ देखि मणिग्राममा आयोजना गरेको औद्योगिक ब्यापार मेलामा जाने क्रममा दुर्घटनामा परी निधन भएकोले संघले मेलाकै विचमा देवकोटाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरे अनुरुप नै संघले नगद सहयोग गरेको   वाणिज्य उपाध्यक्ष हरिलाल पाण्डेले बताउनु भयो।

संघका सदस्य तथा उनका परिवारलाई परेको दुःखमा सघाउनु संघको कर्तब्य र दायित्व बोध गरेर संघले संघका संस्थापक महासचिव देवकोटाको परिवारलाई राहत स्वरुप नगद प्रदान गरिएको संघका कोषाध्यक्ष विष्नुप्रसाद भण्डारीले बताउनु भयो ।
तिलोत्तमा उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष भण्डारी, उद्योग उपाध्यक्ष पंगेनी, वाणिज्य उपाध्यक्ष  पाण्डे,  कोषाध्यक्ष विष्नुप्रसाद भण्डारी, सचिव टिकाराम भण्डारी,  सल्लाहकार कृष्ण प्रसाद शर्मा, दुर्गा खरेल, कार्यसमिति सदस्य कृष्णप्रसाद पाण्डे,  बिना न्यौपाने, किशोर पंगेनी,  कमल भुसाल, नरेश केसी, रोम गैरे, लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु स्वर्गीय देवकोटाको निवासमै पुगेर सहयोग रकम हस्तान्तरण गर्नुभएको संघका कार्यालय प्रमुख लोकनाथ खनालले जानकारी दिनुभयो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3