माघ ११ ,गैँडाकोट । गैँडाकोट नगर क्षेत्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक एवं शिक्षक प्रतिनिधिलाई बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत दिवा खाजा, क्यान्टिन ब्यबस्थापन तथा पोषणको महत्त्वबारे अभिमुखिकरण गरिएको छ ।
गैँडाकोट नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा गैँडाकोट नगर क्षेत्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक एवं शिक्षक प्रतिनिधिलाई अभिमुखिकरण गरिएको हो ।गैँडाकोट नगर शिक्षा शाखा प्रमुख डा. बालकृष्ण चापागाईंले अभिमुखिकरण गर्नुभएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, नगर शिक्षा समितिका सदस्य चुडामणी शर्मा लगायतको उपस्थिति रहेको थियो ।
कमेन्ट :