spot_img

Tuesday, December 3, 2024

गैँडाकोटमा अनुगमन : खाद्य सामग्री सडेको अवस्थामा फेला / कोहिलाई जरिवाना तिराईयो र केहिलाई सचेत गराईयो

माघ ११ ,गैँडाकोट । गैँडाकोटमा भएको अनुगमनमा बजार अनुगमन टोलीले राजमार्गमा अवस्थित एक होटललाई कारबाही गरेको छ ।

बिक्रिका लागि राखिएको खाद्य सामग्री सडेको अवस्थामा फेला परेपछि कारवाही स्वरुप एक होटललाई पाँच हजार जरिवाना गरिएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतमले जानकारी दिनुभयो । गैँडाकोट ९ स्थित होटल राप्ती मुनाललाई करावाही स्वरुप पाँच हजार जरिवाना गरिएको हो ।

  • -advertisement-
  • -advertisement-

बिहीबार गैँडाकोट काँग्रेसचोक, थुम्सी लगायत नगरको मध्ये क्षेत्रका विभिन्न पसलको अनुगमन गरिएको थियो । अनुगमन क्रममा भेटिएका म्याद गुज्रिएका त्यस्ता अखाद्य सामग्री नष्ट गरिएको थियो । केही सामग्री जफत समेत गरिएको थियो ।

अनुगमनका क्रममा प्राय पसललाई सुझाव पेश गरिएको छ । प्राय पसलमा चिसो पेय पदार्थको म्याद सकिसकेको अवस्थाका फेला परेका थिए । केही व्यवासय तथा पसलमा भने तूलनात्मक रुपमा व्यवस्थित गरेको समेत पाइएको थियो । डिलरले झुक्याएर त्यस्ता सामग्री छाड्ने गरेको व्यवसायीले गुनासो गरेका थिए ।

अनुगमनका क्रममा मूल्य सूची नराखेको, साइन बोर्ड नराखेको, व्यवसाय दर्ता र नविकरण नभएको, किराना पसलमा खाद्य सामाग्री र विषादी एकै स्थानमा राखिएको, सरसरफाइमा कमजोरी भेटिएको पाइएकोले व्यवसायिलाई सचेत गराइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौलीका खाद्य अनुसन्धान अधिकृत ज्योती आचार्यले जानकारी दिनुभयो ।

गैँडाकोट नगरपालिका उपभोक्ता हित संरक्षण समितिको आइतबारको निर्णय अनुसार अनुगमन टोलीले अनुगमन कार्यलाई तिब्रता दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय दमौली, जिल्ला प्रशासन कार्यालय कावासोती, इलाका प्रहरी कार्यालय गैँडाकोट, नगर प्रहरी खटिएका छन् ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार