spot_img

Monday, March 17, 2025

गैँडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा अगन्धर सापकोटा

माघ ४ ,गैँडाकोट । गैँडाकोट दुग्ध उत्पादक तथा कृषि सहकारी संस्था लिमिटेड गैँडाकोट ८ को अध्यक्षमा अगन्धर सापकोटा चयन हुनुभएको छ ।

संस्थाको ३० औँ साधारण सभा तथा १३ औँ नेतृत्व चयन कार्यक्रमबाट अगन्धर सापकोटाको अध्यक्षतामा सर्वसम्मतरुपमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन उपसमितिका संयोजक केशवप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

  • -advertisement-

संस्थाको उपाध्यक्षमा सूर्यप्रसाद पराजुली, सचीवमा रुद्रप्रसाद पौडेल, कोषाध्यक्षमा खुमनाथ पौडेल चयन हुनुभएको छ । त्यस्तै कार्यसमिति सदस्यमा खगराज सापकोटा, महादेवी वास्ताकोटी कट्टेल, लक्ष्मीदेवि कंडेल सापकोटा, दयाराम तिवारी, काशिराम सापकोटा, सीता सुवेदी र टीकाराम सुवेदी रहनुभएको छ ।

त्यस्तै लेखा सुपरीवेक्षण समिति संयोजकमा शशिधर न्यौपाने, सदस्यमा शालिकराम सापकोटा र पार्वती सापकोटा रहनुभएको छ ।

नव निर्वाचित सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिले बुधबार शपथ ग्रहण तथा पदभार ग्रहण गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष खगराज सापकोटाले नव निर्वाचित अध्यक्ष पदलाई हस्तान्तरण गर्नुभयो । निर्वाचन उप समिति सदस्यमा गोपालप्रसाद गौतम र अग्नि प्रसाद सापकोटा हुनुहुन्थ्यो ।

 

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार