spot_img

Tuesday, December 3, 2024

श्री गणेश पञ्चाङ्ग मन्दिर गैंडाकोट ११ मा यहि माघ ११ देखि श्रीमद भागवत ज्ञान महायज्ञ हुने

माघ ३,गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नं. ११ को श्री गणेश पञ्चाङ्ग मन्दिरमा यहि माघ ११ देखि १८ गते सम्म श्रीमद भागवत ज्ञान महायज्ञ हुने भएको छ । बैद्धिक सनातन धर्मको रक्षा र विश्व मानव समुदायको कल्याण हेतु हिन्दु धर्मले देखाएको सत्मार्गको अनुशरण गर्दै प्रमुख वाचक पण्डित बालकृष्ण अर्यालको मुखारवृन्दबाट कथा प्रवचन गर्दै यज्ञ गर्न लागिएको यज्ञ सम्पादन मुल आयोजक समितिका संयोजक हरिराज गौतमले कार्यक्रमको बारेमा जानकारी दिनुभएको हो ।

वि.सं. २०३७ सालमा टुक्राटाक्री ईट्टाहरु जोडेर जसोतसो बनाईएको मन्दिरको संरचना पुरानो जीर्ण भएको र पुनर्निर्माण आवश्यक रहेकाले मन्दिरको संरचनालाई नयाँ बनाउने र सतल तथा दिवा वृद्धाश्रम बनाउने उद्देश्यका साथ मन्दिरमा महायज्ञ आयोेजना गर्न लागिएको यज्ञ सम्पादन मुल आयोजक समितिका संयोजक गौतमले जानकारी दिनुभयो ।

  • -advertisement-
  • -advertisement-

यज्ञ सम्पादन मुल आयोजक समितिका सह–संयोजक यमुनाथ आचार्यले मन्दिरको पुनर्निर्माण अति आवश्यक रहेको कारण महायज्ञ गर्न लागिएको र यसलाई सफल पार्न स्थानीय समुदायको निकै चासो रहेको पनि बताउनुभयो ।

मंगलबार मन्दिर परिसरमा आयोजित एक भेलाका बीचमा कार्यक्रमलाई सफल बनाईदिनुहुनका लागि स्थानीयसँग श्री गणेश पञ्चाङ्ग मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रासद सापकोटाले आग्रह गर्नुभयो ।

महायज्ञलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरु गठन गरि कार्य गरिरहेको यज्ञको प्रचार प्रसार उप समितिका संयोजक बाबुराम पराजुलीले बताउनुभयो । प्रचार सामाग्री छपाई गरि घरदैलो कार्यक्रम तथा अफिसियल मिडियाको रुपमा मुकुन्दसेन टेलिभिजनलाई छनौट गरि प्रचार प्रसार र छायाँङ्कन र प्रशारणको कार्यक्रमहरु अगाडी बढाईएको पनि संयोजक प्रचार प्रसार उप समितिका संयोजक पराजुलीले जानकारी दिनुभयो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार