spot_img

Tuesday, March 25, 2025

सरस्वती निकेतन आवासीय माविका ३६ जना क्याडेट विद्यार्थीहरु २१ दिनको तालिमका लागि बर्दिबास प्रस्थान

माघ ३ ,गैंडाकोट । सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका ३६ जना क्याडेट विद्यार्थी मध्ये पूर्वी तालिम शिक्षालय बर्दिबास प्रस्थान गरेका छन् ।

राष्ट्रिय सेवा दल, जुनियर डिभिजनको संस्थागत तालिमको समापन पश्चात विद्यार्थीहरु २१ दिनको तालिमका लागि मध्ये पूर्वी तालिम शिक्षालय बर्दिबास प्रस्थान गरेका हुन् ।

विद्यालयमा एक समारोहका बीच क्याडेट विद्यार्थीलाई तालिमका लागि बिदाइ गरिएको सरस्वती निकेतन आवासीय माविका सहायक प्रिन्सिपल लक्ष्मण कंडेलले जानकारी दिनुभयो । तालिममा सहभागी विद्यार्थीहरु पनि उत्साहित छन् ।

राष्ट्रिय सेवा दल, जुनियर डिभिजनका प्रशिक्षक कुशल घर्ती मगरले विद्यार्थीले विद्यालयमा भएको २१ दिनको राष्ट्रिय सेवा दल, जुनियर डिभिजनको संस्थागत तालिममा विद्यार्थीले सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरेको बताउँदै अब बर्दिबासमा हुने तालिममा उनिहरुले विपद व्यवस्थापन लगायतको विषयमा ज्ञान र सीप हासिल गर्ने बताउनुभयो ।

विद्यार्थीको विदाई कार्यक्रममा विद्यालयका प्रिन्सिपल भरतबाबु कंडेल, विद्यालय संञ्चालक समितिका अध्यक्ष चोक्षा कंडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य चन्द्रकला पौडेल, शिक्षक, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार