spot_img

Tuesday, March 18, 2025

विपद्जन्य समस्या जुनसुकै बेला आउने भएकोले सबै पक्षको सहकार्यले सफलता पाउन सकिन्छ -मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

माघ २ वालिङ (राधाकृष्ण डुम्रे)। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापन गण्डकी प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भूकम्प सुरक्षा दिवसको अवसर पारेर स्याङ्जाको वालिङमा ‘समुदाय खोज र उद्धार तालिम’ को समापन तथा पूर्वाभ्यास कार्यक्रममा मुख्यमन्त्री पाण्डेले उद्धार, खोज र राहत जस्ता कार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको हो।

विपद्जन्य समस्या जुनसुकै बेला पनि आउनसक्ने भन्दै मुख्यमन्त्री पाण्डेले सबै पक्षको सहकार्यले मात्रै यसमा सफलता पाउन सकिने धारणा राख्नुभयो । प्रदेश सरकारले प्रदेशमा दश करोड र जिल्लामा दश लाख नघट्ने गरी विपद्को लागि कोष राखेको पाण्डेको भनाइ छ ।

  • -advertisement-

गण्डकी पहाडी क्षेत्र धेरै भएको प्रदेश भएको भन्दै सुरक्षा निकाय तथा सबै पक्ष चनाखो हुनुपर्नेमा उहाँको जोड छ । प्रदेश सरकारले पूर्व तयारी गरिरहेको उहाँले जानकारी गराउनुभयो  । उहाँले भन्नुभयो, “प्रदेश सरकारले २० जना गोताखोरलाई तालिम दिएर तयारी अवस्थामा राखेको छ ।”

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक विकास कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीले सञ्चालन गरेको कार्यक्रममा भूकम्प, बाढी पहिरो, नदिमा बेपत्ता आदि अवस्थाको उद्धार र प्राथमिक उपचारको पूर्वाभ्यास गरिएको थियो ।

सशस्त्र प्रहरीको ३० नं.गुल्मद्वारा वालिङ नगरपालिका–९ स्थित आँधीखोलामा मङ्गलबार भूकम्प सुरक्षा दिवसको अवसर पारेर उद्धारको पूर्वाभ्यास गरिएकोे गुल्म प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक देवराज जोसीले जानकारी दिनुभयो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार