spot_img

Wednesday, January 15, 2025

नेपाल आइडल सिजन ५ को हेटौडामा अडिसन माघ २ मा हुने

काठमाडौँ । नेपाल आइडलको पाँचौ सिजनको हेटौंडा अडिसन माघ २ गते हुँदैछ । हेटौंडा ९ स्थित कृष्ण आदर्श ईङसलिस बोर्डिङ स्कुलमा हुने अडिसनको तयारी अन्तिम चरणमा रहेको आयोजकले जानकारी दिएका छन् ।

२१ पुसदेखि झापाबाट सुरु भएको सिजन ५ को अडिसन हेटौंडामा हुने भएपछि यस क्षेत्रका संगितप्रेमीहरु उत्साहित छन् । हेटौडापछि आइडलको अडिसन माघ ८ मा अत्तरिया, माघ १३ मा विरेन्द्रनगर, माघ १८ मा घोराही, माघ २३ मा पोखरा र अन्त्यमा काठडौँमा हुनेछ ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

नेपाल आइडल सिजन ५ मा न्ह्यू बज्राचार्य, इन्दिरा जोसी र कालीप्रसाद बाँस्कोटा निर्णायकको भूमिकामा रहेका छन् भने कार्यक्रमलाई रीमा विश्वकर्मा र आशिफ शाहले होस्ट गरिरहेका छन् । नेपाल आइडल गायकको खोजी गर्ने उपयुक्त प्लेटफर्म हो । नेपाल आइडल सिजन १ देखि ४ सम्मका विजेता क्रमशः बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं र भूपेन्द्र थापा मगर हुन् । सिजन ५ लाई सुरेश पौडेलले निर्देशन गरिरहेका छन् ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार