सबै विश्वविद्यालयमा सूचना अधिकारी तोक्न राष्ट्रिय सूचना आयोगको आदेश

kala sahitya bottom

पुस २९,काठमाडौं । राष्ट्रिय सूचना आयोगले सबै विश्वविद्यालयमा सूचना अधिकारी तोक्न आदेश दिएको छ ।

संविधानले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको सूचना माग्ने र पाउने हक दिएको भन्दै आयोगले विश्वविद्यालयहरुलाई सूचनाको हक कार्यन्वयन गराउन आदेश जारी गरेको छ ।

Article Inline 2

आयोगकी प्रवक्ता कमला ओली थापाका अनुसार आइतबार बसेको आयोगको बैठकले सबै विश्वविद्यालयहरुलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा उल्लेख भए बमोजिम सूचना अधिकारी तोक्ने र मोवाइल नम्बर सार्वजनिक गर्ने आदेश दिएको छ ।

सूचना आयोगले हाल सञ्चालित त्रिभुवन, पूर्वाञ्चल, पोखरा, काठमाडौंसहित १६ वटै विश्वविद्यालयलाई सूचना अधिकारी तोक्न आदेश दिएको छ ।

आयोगले सबै विश्वविद्यालयहरुलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा उल्लेख भएबमोजिम सूचना अधिकारी तोक्ने, ३/३ महिनामा विवरण सार्वजनिक गर्ने, सूचना माग भएको अवस्थामा तत्काल सूचना उपलब्ध गराउनेलगायतको आदेश पनि दिएको छ ।

 

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :