ड्राइभिङ स्कुल सङ्घ नेपालको अध्यक्षमा चितवनका राजकुमार गुरुङ निर्विरोध निर्वाचित

पौष २९ ,चितवन । ड्राइभिङ स्कुल सङ्घ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका राजकुमार गुरुङ निर्विरोध हुनुभएको छ ।

शनिबार राति अबेर भएको पाँचौं महाधिवेशनको निर्वाचन प्रकृयाबाट चितवनका गुरुङ अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । गुरुङ यसअघि तत्कालीन नारायणी ड्राइभिङ स्कुल व्यवसायी सङ्घको सल्लाहकार, ड्राइभिङ स्कुल सङ्घ नेपालको केन्द्रीय सदस्य एवं केन्द्रीय उपाध्यक्ष भएर काम गरिसक्नुभएको छ ।

Article Inline 2

महाधिवेशनले गुरुङको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । आगामी दुई वर्षका लागि निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गोपालप्रसाद घिमिरे (कोशी), उपाध्यक्षहरुमा बाबुराम प्रधान (कोशी), महेश पौडेल (बागमती), महासचिवमा गोविन्दप्रसाद ढकाल (लुम्बिनी), सचिवहरु धनबहादुर अधिकारी (लुम्बिनी), विष्णुप्रसाद पोखरेल (गण्डकी) एवं कोषाध्यक्षमा विश्वकुमार माकाजु (गण्डकी) निर्वाचित हुनुभएको निर्वाचन समिति संयोजक अनिल गजुरेलले जानकारी दिनुभयो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :