spot_img

Friday, May 16, 2025

गैँडाकोट नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाबाट ७४ हजारबढीले स्वास्थ्य सेवा लिए

गैँडाकोट । गैँडाकोट नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाबाट ७४ हजारबढीले स्वास्थ्य सेवा लिएका छन् । चालु आर्थिक वर्षको ६ महिनामा ७४ हजार ३ सय ८९ जनाले स्वास्थ्य सेवा लिएको गैँडाकोट गैँडाकोट नगरपालिकाले जनाएको छ ।

१४ औँ नगरसभामा नगरप्रमुख मदनभक्त अधिकारीले प्रस्तुत गर्नुभएको प्रगति विवरणमा १७ जनालाई निमोनिया, १७ जनालाई कडा कुपषोण र ६२ जनालाई मध्यम कुपषोणको उपचार गरिएको बताइएको छ । ३७ जना नयाँ क्षयरोगका विरामी पत्ता लगाई उपचारमा रहेका छन् ।

नगरभित्र ६ जना नयाँ कुष्ठरोगी पत्ता लागेका छन् । सुत्केरी आमा पोषिलो खाना कार्यक्रम अन्तर्गत नगरपालिकाको स्वामित्वमा रहेका स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई ५ हजारका दरले आर्थिक सहायता प्रदान गरिने कामलाई निरन्तरता दिइएको छ । यस्तै यस आर्थिक वर्षमा गैँडाकोट आयुर्वेद औषधालयबाट ५ हजार २ सय १३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

आयुर्वेद शहरि तथा गाउँघर क्लिनीक तथा गाउँघर क्लिनीक मार्फत वडा नं. ३ र १६ मा आयुर्वेद चिकित्सा सेवा प्रदान गरिएको छ । जसबाट ९ सय ५५ जना लाभान्वित भएका छन् । बातजन्य रोगहरुका लागि आयुर्वेद औषधालयबाट स्नेहन स्वेदन सेवा प्रदान गरिएको र यस सेवाबाट हालसम्म ४ सय ५१ जना लााभन्वित भएका छन् ।

गैँडाकोट नगरपालिकाका अनुसार गैँडाकोट ३ र १८ वडाका गर्भवती महिलाहरूका लागि घुम्ति भिडियो एक्सरे सेवा र आमा घर सञ्चालनलाई निरन्तरता दिइएको छ । नगरभित्र नगर अस्पताल र गैँडाकोट स्वास्थ्य चौकीमा प्रसुती सेवालाई प्रभावकारी बनाइएको नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । अहिलेसम्म ४३२ जना गर्भवती महिलाले सेवा लिएका छन् भने १९० जनालाई सुरक्षीत गर्भपतन सेवा प्रदान गरिएको छ ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार