मौलाकाली केवलकारको सातौं वार्षिक साधारणसभा सम्पन्न / शेयर जारी गर्ने निर्णय

pradesh side 2

पुस २८,गैंडाकोट । मौलाकाली केवलकारको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । मौलाकाली  केवलकारको गैंडाकोटमा सम्पन्न सातौं वार्षिक साधारणसभाले  सर्वसाधारणका लागी शेयर जारी गर्ने निर्णय गरेको हो ।

केवलकारको टप स्टेशनमाथि निर्माणाधीन होटल पनि निर्माण सम्पन्न हुने चरणमा रहेको र आगामी ६ महिनाभित्रमा होटल संचालनमा ल्याउने कार्ययोजना रहेको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

Article Inline 2

गैंडाकोट वडा नम्बर १ र २ का बासिन्दालाई दिईंदै आएको स्थानीय छुट अब सम्पूर्ण गैंडाकोट नगरपालिकावासीलाई दिइने पनि अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

नवलपुर जिल्लाको गैंडाकोटमा अवस्थित पवित्र धार्मिक स्थल मौलाकालिका मन्दिरसम्म जाने सहज माध्यम बनेको मौलाकाली केवलकार गत वैशाखदेखि संचालनमा आएको हो । शुरुवातदेखि हालसम्म २ लाख १५ हजारभन्दा धेरै दर्शनार्थीले केवलकार यात्रा गरेको मौलाकाली केवलकारका स्टेशन मेनेजर सुरज पौडेलले जानकारी दिनुभयो।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :