नीजि सञ्चार माध्यमले पनि विषयगत पत्रकारितालाई जोड दिनु पर्ने-वागमती प्रदेश स्वास्थ्य मन्त्री उत्तम जोशी

kala sahitya top

पुष २८,चितवन ।  नेपाली कांँग्रेसका नेता तथा वागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले पत्रकारिताले सरकार र जनताबीच पुलको काम गर्दै आएको बताउनु भयो ।

स्वास्थ्य मन्त्री जोशीले जनभावना अनुसार काम गर्न मन लागेपनि नीति निर्माण र सिमीत साधन श्रोतका कारणले काम गर्न नसकिएको बताउनु भयो । स्वास्थ्य दर्पणले पत्रकार , चिकित्सक, सवास्थ्यकर्मीको लागि हौसला उत्प्रेरणाको काम गरेको बताउंँदै उहांँले अन्य नीजि सञ्चार माध्यमले पनि विषयगत पत्रकारितालाई जोड दिनु पर्ने बताउनु भयो ।

 

Article Inline 2

नेपाल चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा. अनिल विक्रम कार्कीले नेपालको स्वास्थ्य सम्बन्धी सञ्चार माध्यम र पत्रकारले अब स्वास्थ्य दर्पण मीडिया नेटवर्कले स्वास्थ्य क्षेत्रको विकास र जनचेतनामा उल्लेखनीय काम गरेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।

स्वास्थ्य दर्पण नेटवर्कका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले देशको हालको विषम परिस्थितिबीच पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अवार्ड कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयो

सो अवसरमा स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट चिकित्सक, स्वास्थ्यकर्मी पत्रकारसतिह २५ जनालाई सम्मान गरिएको थियो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :