spot_img

Wednesday, February 12, 2025

गैँडाकोट नगर स्तरीय शिक्षक,कर्मचारी फुट्सल प्रतियोगितामा रत्नराज्य लक्ष्मी मा.बि. प्रथम

पुष २८ , गैँडाकोट ।    गैँडाकोट नगर स्तरीय शिक्षक, कर्मचारी फुट्सल प्रतियोगितामा रत्नराज्य लक्ष्मी माध्यमिक बिद्यालय प्रथम भएको छ ।

शनिवार बारघरेमा रहेको क्यासि स्पोर्टमा भएको प्रतियोगितामा दोस्रो स्थान बालविकास ईंग्लिस बोडिङ्ग स्कुल प्राप्त गरेको मुकुन्दसेन ईंग्लिस बोडिङ्ग स्कुलका सहायक प्रचार्य चुन्ना पौडेलले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई नगद २० हजार, दोस्रो हुनेलाई नगद १० हजार, प्रमाण पत्र, ट्रफी र मेडल प्रदान गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी अवार्ड नवराज महत्तोले प्राप्त गर्नुभएको छ ।

  • -advertisement-

फुट्सल प्रतियोगितामा नगरभित्रका १३ वटा बिद्यालयले सहभागिता जनाएका थिए । मुकुन्दसेन ईंग्लिस बोर्डिङ स्कुल आयोजनामा भएको खेलमा मुख्य प्रायोजक  सेन्ट्रल कलेज रहेको थियो भने सह प्रायोजक बालबिकास ईंग्लिस स्कुल रहेको थियो ।

कार्यक्रममा बोल्दै फुटबल संघ गण्डकी प्रदेशका महासचिव श्री लक्षमण कार्कीले बिद्यार्थीलाई खेल सिकाउने शिक्षक आफै खेलमा सहभागी हुनु राम्रो पक्ष रहेको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

मुकुन्दसेन ईंग्लिस बोर्डिङ स्कुल प्राचार्य श्री राजेन्द्र पौडेलले यस्ता कार्यक्रम आगामी दिनमा पनि संचालन गर्ने बताउनुभयो । प्याब्सन जिल्ला अध्यक्ष दिपक रावत, सेन्ट्रल कलेजका प्रन्सिपल यग्य विलास पौडेल, गैँडाकोट ईंग्लिस स्कुलका प्रिन्सिपल हिरालाल अर्याल, निर्मल पाण्डे लगाएतको उपस्थिती रहेको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार