spot_img

Tuesday, January 21, 2025

राष्ट्रिय युवा संघ नवलपुरले बिपन्न परिवारका लागि गैंडाकोटमा सौचालय निर्माण कार्यको शुभारम्भ

पुष २८, गैँडाकोट । राष्ट्रिय युवा संघ नवलपुरले सामाजिक कामलाई निरन्तरता दिदै गैंडाकोटमा बिपन्न परिवारलाई शौचालय निर्माण कार्यको शुभारम्भ गरेको छ । युवाहरुले जन्मदिन विवाह उत्सव आदिमा हुने अनावश्यक खर्च कटौती गरि संकलन गरेको पैसाले सामाजिक काम गर्दै आएका छन् ।

शौचालयको उचित प्रयोगबाट विभिन्न रोग बाट बचिने हुनाले बिपन्न परिवारका लागि सौचालय निर्माण शुभारम्भ गरेको राष्ट्रिय युवा संघ नवलपुरका अध्यक्ष कृष्ण कंडेलले बताउनुभयो । माया लामा सुनार, रिता सुनार, माधबी घिमिरे र बल बहादुर बिकका ४ परिवार लागि १ लाख ५० हजार बढिको लगानीमा ४ शौचालय निर्माण गर्न लागेको हो ।

  • -advertisement-
  • -advertisement-
  • -advertisement-

कार्यक्रम संविधान सभा सदस्य, नेकपा एमालेका केन्द्रिय सदस्य कृष्ण पौडेलले राजनिती जनतामा केन्द्रित हुँदै तत्काल को समस्या समाधान गर्नुपर्ने हुन्छ जुन युवा संघले बिपन्न परिवार लाई शौचालय निर्माण गरेर प्रमाणित गरेको उहाँको भनाइ छ ।

राष्ट्रिय युवा संघ नेपाल  स्थायी  कमिटी सदस्य दिपक शर्मा, प्रदेश लेखा सदस्य रेखा पौडेल, नेकपा एमाले जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे, नेकपा एमाले नवलपुर जिल्ला कमिटी सचिवालय सदस्य ज्ञानहरि पौडेल, नेकपा एमाले नगर अध्यक्ष षडानन्द लामिछाने, उपाध्यक्ष नवराज कँडेल लगायतले युवा संघ सामाजिक काममा युवाको सक्रियता हुनु राम्रो पक्ष रहेको बताएका थिए ।

 

राष्ट्रिय युवा संघ नवलपुरका अध्यक्ष कृष्ण कंडेलको अध्यक्षतामा भएको कार्यक्रमको संचालन राष्ट्रिय युवा संघ नेपाल नवलपुर का जिल्ला सचीव पारसनाथ खनालले गर्नुभएको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार