spot_img

Wednesday, March 26, 2025

स्वास्थ्य क्षेत्रबाट राजनीतिमा आउनु गल्ती त गरिन् भन्ने अहिले लागेको छ -डा. शशांक कोइराला

पुष २८,चितवन । नेपाली कांँग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य डा. शशांक कोइरालाले नेपालको पत्रकारिता थप जिम्मेवार हुनुपर्ने बताउनु भएको छ । शनिबार स्वास्थ्य दर्पण मिडीया नेटवर्क प्रालीको आठौं बार्षिकोत्सवमा बोल्दै कोइरालाले नेपालको पत्रकारिताले आफ्नो पेशागत धर्म अनुसार काम गर्नु पर्ने बताउनु भएको हो ।

‘देशको बिषम परिस्थितिमा झन पत्रकारिता जिम्मेवार र मर्यादित हुनुपर्छ कोइरालाले भन्नुभयो, जसले गर्दा सरकार जिम्मेवार हुन कर लाग्छ भने जनतामाझ विश्वासयोग्य बन्न मदत पुग्छ ।’ उहांँले पछिल्लो समय राजनीतिमा देखिएको अस्थिरताले आफूलाई निराश समेत बनाएको कोइरालाले बताउनु भयो । नेपालको राजनीतिमा आफ्नो खुबी र विवेक अनुसार पाईएको छैन, उहांँले भन्नुभयो, मैले स्वास्थ्य क्षेत्रबाट राजनीतिमा आउनु गल्ती त गरिन् भन्ने लागेको छ ।

स्वास्थ्य दर्पण नेटवर्कका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले देशको हालको विषम परिस्थितिबीच पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अवार्ड कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयोसो अवसरमा स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्डबाट चिकित्सक, स्वास्थ्यकर्मी पत्रकारसतिह २५ जनालाई सम्मान गरिएको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार