पुस २३ ,गैँडाकोट । विज्ञान शिक्षकहरुको भेलाले गैडाकोटमा विज्ञान शिक्षक समाज नेपाल गठन गरिएको छ । आइतबार जनक नमुना मा.वि. गैडाकोटमा बसेको विज्ञान शिक्षक समाज नेपालको प्रथम अधिवेशनबाट शिव जिसीको अध्यक्षतामा १८ सदस्यीय विज्ञान शिक्षक समाज नेपाल गठन गरिएको हो । समाजको उपाध्यक्षमा रोशन मल्ल, सचिवमा मनोज पण्डित, कोषाध्यक्षमा लालचन्द्र सुवेदी, सहसचिवमा मुना चालिसे रहेका छन् ।
त्यस्तै सदस्यहरुमा यादव पौडेल, युवराज भण्डारी, विपिन पोख्रेल, विनयजंग रावत, श्रीधर पाठक, शिव अधिकारी, जयन्त वाग्ले, नेत्रकला पौडेल, इश्वर सिग्देल , पूर्ण खत्री, चुमप्रसाद बाचे मगर, कान्ति विनोद, धनकुमारी फुयाल, हरिमाया लुईटेल, भावना अधिकारी, रश्मी पौडेल, पुरुषोत्तम रिजाल र अजय अधिकारी रहेका छन् ।
त्यसैगरी कार्यक्रममा ६ जना जिल्ला प्रतिनिधि समेत चयन गरिएको थियो । चयन हुनेहरुमा मोहन भण्डारी, विष्णुप्रसाद रिजाल, मुकुन्द उपाध्याय, चन्द्रकान्त भण्डारी, दुर्गादत्त सापकोटा र निर्मल पाण्डे रहेका छन् ।
कार्यक्रममा गैँडाकोट नगर शिक्षा समिति सदस्य तथा जनक नमुना मा.बि.का प्रधानाध्यापक चुडामणी शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मुकुन्द उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण मोहन भण्डारीले गर्नुभएको थियो ।