रजत स्मारक अनावरण, नन्दन स्मारिका लोकापर्ण साथै विभिन्न व्यक्तिलाई सम्मान गर्दै नन्दन सामुदायिक वनले रजत वर्ष उत्सव मनायो

photo feature

पौष २१ , गैँडाकोट । नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोट ६, ८ र ९ ले रजत वर्ष उत्सव विशेष समारोह सम्पन्न गरेको छ ।  ढहाव तालमा शनिबार आयोजित  समारोहका अवसरमा रजत स्मारक अनावरण, नन्दन स्मारिका लोकापर्ण गर्नुका साथै विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले गैँडाकोटलाई हरियाली कायम राख्न यहाँका सामुदायिक वन र समिति एवं उपभोक्ताको ठूलो योगदान रहेको बनाउनुभयो । ढवाह ताल जस्ता पर्यटकीय स्थलले अझै उचाइ बनाएको बताउँदै नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने उल्लेख गर्नुभयो ।

Article Inline 2

सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष खगराज सापकोटाले आफुँले नन्दन वनमा कार्यालय सचिवको भूमिका समेत निर्वाह गरिसकेको जनाउँदै वनका गतिविधी नजिकबाट नियाल्ने मौका पाएको र यसले गरेका प्रगति समाजका लागि उदाहरणीय रहेको बताउनुभयो । सामुदायिक वनले विपन्न सामुदायमा गरेका कार्य हेर्ने हो भने वनले गरेको कार्य राम्रो र प्रभावकारी रहेको बताउँदै कर एकद्वार प्रणालीबाट हुनुपर्ने बताउनुभयो ।

वनका संस्थापक अध्यक्ष इन्द्रराजज्योती पौडेलले २०५१ साल तिरको नाङ्गो डाँडाहरुमा वृक्षरोपण गरी संरक्षणका लागि गरेका कामको स्मरण गर्दै तस्करले गोली हान्दा समेत नभागेको उल्लेख गर्नुभयो । नन्दन सामुदायिक वन आज हराभरा भएको बताउँदै प्राकृतिक सौन्दर्य कायम राख्दै यहाँ चिडियाखाना बनाउन सुझाव दिनुभयो ।

कार्यक्रममा गैँडाकोट ७ का वडा अध्यक्ष होमनाथ सापकोटा, नन्दन वनको नामाकरण गर्नुभएको कवि गोविन्दराज विनोदी, जयश्री सामुदायिक वनका अध्यक्ष भिमबहादुर कुमाल, पूर्व अध्यक्ष घनश्याम कँडेलले शुभकामना मन्तव्य व्यक्त गर्दै नामजस्तै स्वर्गको सुन्दर बगैँचा बनोस् भन्ने कामना गर्नुभएको थियो ।

वनका अध्यक्ष बालकृष्ण गौडेलले बनलाई हालसम्मको अवस्थामा ल्याइ पुराउने सम्पूर्णमा आभार व्यक्त गर्नुभयो ।

वनका उपाध्यक्ष बालकृष्ण शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सचिव कमला शर्माले सहिजकरण गर्नुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष लक्ष्मण त्रिपाठी, ९ का वडा अध्यक्ष धामनाथ सापकोटा, छिमेकी वनका अध्यक्ष एवं प्रतिनिधि, उपभोक्ता लगायतको उपस्थिति रहेको थियो । ४३५.५६ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा हाल १५४३ उपभोक्ता घरधुरी सदस्य रहेको कार्यालय सचिव लीला पौडेलले जानकारी दिनुभयो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :