राक्सिराङ गाउँपालिकाले क्रिसमसका अवसरमा तीन सार्वजनिक बिदा प्रदान

kala sahitya side 2

 पुस ८ हेटौँडा ,राममणि दाहाल । मकवानपुरको राक्सिराङ गाउँपालिकाले ईसाई धर्मावलम्बीहरुको पर्व क्रिसमसका अवसरमा तीन सार्वजनिक बिदा गरेको छ ।

राक्सिराङ गाउँपालिकाले ईसाई धर्मावलम्बीहरुले हरेक वर्षको डिसेम्बर २५ का दिन हर्षोल्लासपूर्वक मनाउने चाड क्रिसमसका अवसरमा आइतबार देखि तीन दिनका लागि पालिकाभर सार्वजनिक बिदा दिएको हो ।

Article Inline 2

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले ईसाई धर्मावलम्बीहरुको पर्व क्रिसमसको उपलक्ष्यमा एक शुभकामना सन्देश जारी गर्नुहुँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाईहरुमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्बृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमा भन्नुभएको, ‘‘यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, जातीय विविधतायुक्त यस गाउँपालिकाका सम्पूर्ण जनतामा आपसी सदभाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षासहित बन्धुत्व, प्रेम र समताको भावना बढाई शान्त, समुन्नत तथा सम्मृद्ध राक्सिराङ बनाउन सबैमा प्रेरणा प्रदान गरोस् ।’’

उहाँले इसाई धर्मावलम्बीहरुको उल्लेख्य बसोबास रहेको राक्सिराङ गाउँपालिकामा आइतबार देखि मङ्गलबारसम्म तीन सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभयो । बिदाको अवधिमा गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैङ्ग तथा वित्तीय संस्थाहरु बन्द रहने अध्यक्ष मल्लले बताउनुभयो ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :