spot_img

Friday, May 16, 2025

बाल विकास इङ्गलिस बोडिङ्ग स्कुलले शुक्रबार विविध कार्यक्रम गरी २४ औ वार्षिकोत्सव मनायो

गैँडाकोट । व्यवहारिक र परियोजनामा आधारित अध्ययन अध्यापनलाई जोड दिदैँ अगाडी बढेको बाल विकास इङ्गलिस बोडिङ्ग स्कुलले शुक्रबार विविध कार्यक्रम गरी २४ औ वार्षिकोत्सव मनाएको छ ।

आजभन्दा २४ बर्ष अगाडी गैँडाकोट २ मा स्थापित बाल बिकासले कार्यक्रममा बोल्दै प्याब्सन नवलपुरका अध्यक्ष एवं विद्यालयका प्रधानाध्यापक दिपक रावतले विद्यालयले व्यवहारिक र सिपमुलक शिक्षालाई प्राथमिकता दिदैँ गैँडाकोटको शिक्षा विकासमा टेवा पु¥याउने उदेश्यले अगाडी बढेको बताउनुभयो । विद्यालयले अहिले निरन्तर विद्यार्थी मूल्याङ्कन बिधिलाई कक्षा ३ सम्म लागु गरेको छ । व्याहारिक जिवन उपयोगि सिप सँगै अगाडी बढेको विद्यालयमा अहिले करिब १ हजार विद्यार्थीले अध्ययन अध्यापन गर्दैगरेको विद्यालयका प्रधानाध्यापक रावतले बताउनुभयो ।

शिक्षा विकासका लागि यो विद्यालयले निति नियम अनुरुप आफुलाई अगाडी बढाई रहेको गैँडाकोट नगरपालिका शिक्षा शाखा प्रमुख डा. बालकृष्ण चापागाईँले कार्यक्रममा सम्बोधनका क्रममा बताउनुभयो । राम्रा र असल अभ्यास जसले गरेपनि सिक्न आवश्यक रहेको बताउँदै सिकाई नै महत्वपूर्ण हुने उहाँको तर्क थियो । शिक्षामा राम्रा र असल कार्य अभ्यास गर्न संस्थागत विद्यालय होस वा सामुदायिक विद्यालय सबैले सिको गर्नुपर्ने सुझाव दिनुभयो । बाल बिकासले विद्यालयमा गरेको असल अभ्यास, व्यवहारिक सिकाइ र सिप विकासलाई निरन्तरता दिदैँ अगाडी बढ्न र अझ आफुलाई अब्बल राखिराख्न समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा सम्बोधनका क्रममा प्याब्सन केन्द्रिय उपाध्यक्ष गोपेन्द्र केशरी न्यौपानेले संस्थागत विद्यालयले शिक्षा विकासमा महत्त्वपूर्ण भूमिका निभाएको बताउनुभयो । उहाँले निति, नियम बनाउँदै गर्दा कतिपय अवस्थामा संस्थागत विद्यालयको हितको विषयमा कम मात्र चासो दिएको बताउँदै केही समय अघि गर्नुपरेको संघर्षलाई स्मरण गर्नुभएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराज लम्सालको अध्यक्षतामा भएको थियो । उहाँले विद्यालयले शैक्षिक गुणस्तर बढाउँदै विभिन्न कार्यक्रममा जोड दिदैँ आएको बताउनुभयो । कार्यक्रमको सहजिकरण विद्यालयका लेखापाल गिरीराज लम्सालले गर्नुभएको थियो ।

कार्यक्रमको परिसरमा विद्यार्थीहरुले फुड स्टल राखी आफैले बनाएका परिकार अभिभावक, अतिथी र विद्यार्थीलाई बिक्रि गरेका थिए । यस्तै सांस्कृतिक प्रस्तुती राख्नुका साथै आफ्ना प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए ।

कमेन्ट :

ताजा प्रकासित

सम्बंधित समचार