मंसिर , २७ गैँडाकोट । कालिका नमुना माध्यामिक विद्यालय गैँडाकोट ८ ले ४८ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस बुधबार एक कार्यक्रम आयोेजना गरि मनाएको छ । कार्यक्रममा बोल्नु हुँदै विद्यालयका प्रधानाध्यापक प्रजानाथ कंडेलले विद्यालयका समग्र विद्यार्थीको शैक्षिक उपलब्धी सन्तोषजनक रहेको बताउनुभयो । अघिल्लो शैक्षिक सत्रमा विद्यार्थीको सिकाइ उपलब्धी २ दशमलब ९० जिपिए रहेको बताउनु भयो सँगै यसै शैक्षिक सत्रमा विद्यार्थीको सिकाइ उपलब्धी बढाउन विद्यालयले सुधारका कार्यक्रम गरिरहेको पनि प्रधानाध्यापक कंडेलले बताउनुभयो ।
यस विद्यालयमा १४ सय ८२ जना विद्यार्थी अध्ययनरत छन् । यस विद्यालयमा ५५ प्रतिशतभन्दा बढी दलित तथा जनजाति समुदायका विद्यार्थी अध्ययनरत रहेका छन् । ३०७ जना दलित र ४९५ जना जनजाति र ६ सय ३४ जना ब्राम्हण क्षेत्री समुदायका विद्यार्थी अध्ययनरत रहेका छन् ।
अभिभावकहरुको चाहना र बालमनोविज्ञानलाई आधार मान्दै यस विद्यालयले कक्षा ३ सम्मका विद्यार्थीका लागि झोला बोक्न नपर्नेगरि विद्यालयमानै पाठ्यपुस्तकको व्यवस्था मिलाएको छ ।आगामी शैक्षिक सत्रदेखि ४ कक्षा र ५ कक्षाका विद्यार्थीहरूलाई पनि झोला बोक्न्ुनपर्ने व्यवस्था मिलाउने विद्यालयका प्रधानाध्यापक प्रजानाथ कंडेलले बताउनुभयो ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गैँडाकोटको शैक्षिक क्षेत्रको विकासका लागि गैँडाकोट नगरपालिकाले प्रतिवद्ध रहेको बताउनुभयो ।
गैँडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइराला, निवर्तमान उपप्रमुख विष्णुकुमारी कंडेल, गैँडाकोट नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष प्रेम सापकोटा, शिक्षा शाखा प्रमुख डा. बालकृष्ण चापागाइ, शिक्षा समिति सदस्य दोलराज पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मी चौधरी लगायतको उपस्थिति रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगा सापकोटाले विद्यालयको पुर्वाधार विकास र शैक्षिक सत्र सुधारका लागि विद्यालयले विद्यालय सुधार योजना अनुसार कार्यसम्पादन गर्ने बताउनुभयो । यस विद्यालयमा ५७ जना शिक्षक र ४ जना स्वयंसेवक शिक्षक रहेका छन् । १४ सय ८२ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा २६ जना स्थायि शिक्षक, १२ जना अस्थायी तथा सरकारी अनुदानका शिक्षक, १९ जना निजि तहको शिक्षक र ४ जना स्वयंसेवक शिक्षक रहेका छन् ।