मंसिर,१७ गैडाकोट । जयश्री सामुदायिक बन उपभोक्ता समूह गैंडाकोट ४,५ र ३,८ को ७ औ अधिबेशन प्रजातान्त्रिक पद्धती अनुसार सम्पन्न भएको छ । अधिबेशनले आगामी कार्यकालको लागि लेखा समिती सहित १८ सदस्यीय कार्य समिती निर्वाचित भएका छन् । अध्यक्ष पदमा गैंडाकोट वडा नम्बर ५ का भिम बहादुर कुमाल अध्यक्ष पदका प्रतिष्पर्धी दिनेशराज न्यौपानेलाई ५ मतले हराउदै बिजयी भएका हुन ।
नवलपुर जिल्लाकै उत्कृष्ट जयश्री सामुदायिक बन वन उपभोक्ता समूहको उपाध्यक्षमा ढाकादेबी सुबेदि, सचिव टेकबहादुर आले, कोषाध्यक्ष पार्वती ढकाल, सह-सचिव अर्जुन पोख्रेल, महिला सदस्यहरुमा राधिका कार्की, सरस्वती बगाले, इस्वरी खत्री, सुनिता दर्जी, सकुन्तला दवाडी र लक्ष्मी कमली खुल्ला सदस्यबाट काशिराम गौतम, निर्मलराज रिमाल, एकदेब घिमिरे, कुलप्रसाद आचार्य र लेखा समिती सम्योजक राजेन्द्रराज घिमिरे, वासुदेव आचार्य सुवासचन्द्र आचार्य लेखा समिती सदस्यमा निर्वाचित भएका छन ।
नव निर्वाचित अध्यक्ष कुमाल बिजेता भए सङै प्रतिक्रिया दिदै आफ्नो पहिलो प्राथमिकता स्थानीयस्तरमा आम मानिसले वन संरक्षणमा जोड दिइरहेका बेला वन व्यवस्थापन, वनको उपयोगिता र वनको दिगो विकासका लागि आम उपभोक्ता, स्थानीय, प्रदेश, केन्द्र सरकार लगाएत सरोकार पक्ष सङ्ग हातेमालो गर्दै विभिन्न कार्ययोजना निर्माण गर्ने उनले बताए ।