spot_img

Tuesday, December 3, 2024

ईमेज इन्स्टिच्युट नारायणगढको नयाँ व्यवस्थापन सहित ग्रान्ड रिओपनिङ्ग ।

मंसिर,१७ चितवन ।  ईमेज इन्स्टिच्युट प्रा.लि, नारायणगढ चितवनले नयाँ व्यवस्थापन सहितको सेवा शुभारम्भ गरेको छ । चितवनमा १८ वर्षदेखी सेवारत ईमेज इन्स्टिच्युट प्रा.लि.ले नयाँ व्यवस्थापन सहित आफ्नो ग्रान्ड रिओपनिङ्ग गरेको हो । उच्च शिक्षाका लागि जापान पढ्न जाने विद्यार्थीहरुका लागि यस संस्थाले १८ वर्षदेखि निरन्तर सहजिकरण गर्दै आएको छ ।

दक्ष भाषा प्रशिक्षक तथा अनुभवी परामर्शदाताहरु मार्फत् विद्यार्थी र अभिभावकहरुलाई सेवा दिदै आएको ईमेज इन्स्टिच्युटका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले ग्रान्ड रिओपनिङ्गका बीच बताउनुभयो । नेपालदेखि जापानसम्मको सहयात्री बन्दै त्यहाँको रहन–सहन तथा आधारभूत कानुनी ज्ञान ईमेज इन्स्टिच्युटले प्रदान गर्दै आईरहेको प्रबन्ध निर्देशक बुढाथोकीले बताउनुभयोे । जापान गएका हजारौं विद्यार्थी र नेपालीहरूको विश्वास र सहयात्री बन्न पाएकोमा गौरवान्वित महशुस गरेको पनि उहाँले बताउनुभयो । बजारमा अस्वस्थ्य प्रतिपर्धाका बीच पनि इमेजले आफ्नो नाम जोगाएर जापान जान चाहने नेपालीहरुको विश्वास कमाउन सकेको उहाँले बताउनुभयो । कार्यक्रमका बीच उहाँले इमेज इन्स्टिच्युटलाई यहाँसम्म ल्याउनका लागि यसलाई विश्वास गरेर जति विद्यार्थीहरु जापान जानुभयो उहाँहरु प्रति आभारी रहेको पनि बताउनुभयो । जापान गएका हाम्रा विद्याथीहरु नै हाम्रो विश्वासको आधार रहेको पनि उहाँले बताउनुभयो । उनीहरुको सकारात्मक पृष्ठपोषणले काम गर्न थप उर्जा मिलेको पनि उहाँले बताउनुभयो ।

  • -advertisement-
  • -advertisement-

नारायणगढको शहिदचोकमा मुख्य कार्यालय रही गोरखाको हरमटारी, चितवनको चनौली, मेघौली र माडीबाट शाखा कार्यालय मार्फत् स्टुडेन्ट भिषामा जापान जान चाहानेहरुलाई भाषा कक्षा तथा आवश्यक सम्पूर्ण सेवा प्रदान गर्दै आईरहेको ईमेज इन्स्टिच्युटका निर्देशक सुजिना सिंहले जानकारी दिनुभयो । ग्राण्ड रि ओपनिङ कार्यक्रममा थुप्रै चुनौतीहरुलाई पार गर्दै चितवनकै पहिलो संस्था भएर सेवा सुरु गरेको उहाँले बताउनुभयो ।  १८ औँ वार्षिकोत्सव अवसरमा ईमेज इन्स्टिच्युटले खुसीयाली साटासाट गरेको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार