spot_img

Tuesday, December 3, 2024

जिल्लाका किसानलाई अहिले धान काट्न र थन्क्याउनमा भ्याइनभ्याइ

 कात्तिक ११ कावासोती । किसान यति बेला धान काट्न र थन्क्याउनमा व्यस्त हुन थालेका छन् । किसानको व्यस्ततासँगै पूर्वी नवलपरासीमा यो वर्ष धान उत्पादनमा वृद्धि हुने भएको छ । जिल्लाका किसानलाई अहिले धान काट्न र थन्क्याउनमा भ्याइनभ्याइ छ ।

पूर्वी नवलपरासीमा यो वर्ष करिब १९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको र यो वर्ष विगतका वर्षको तुलनामा धान उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । यो वर्ष करिब १९ हजार हेक्टरमा धान लगाइएकोमा करिब ६३ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको प्रमुख तिवारीको भनाइ छ । यो वर्ष वर्षा केही कम भए पनि समयमै पानी परेकाले धान उत्पादन राम्रो हुने र अहिलेसम्म ४५ प्रतिशत धान कृषकले थन्काइसकेका र अब १५ दिनभित्र सबै धान थन्क्याइसक्ने प्रमुख तिवारीले बताउनुभयो ।

  • -advertisement-
  • -advertisement-

यति बेला खेत खेतमा किसान धान थन्काउनमा व्यस्त छन् । अहिले गाउँघरमा देखिने युवा रोजगारी भन्दै भारततिर पस्न थालेपछि धान काट्न र भित्र्याउन विभिन्न मेसिनरी उपकरण प्रयोग गर्नेहरू बढेका छन् ।

पूर्वी नवलपरासीमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी हुने गरेको छ भने सिफारिस भएका ८६ जातमध्ये सात थरीका मात्र रैथाने धानको यो जिल्लामा खेती हुने गरेको छ । यो वर्ष जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवालगायत हाइब्रिड जातका धान बढी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार