कात्तिक,११ ,भक्तपुर । कोजाग्रत पूर्णिमाको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजाअर्चना गरी टीका, प्रसाद ग्रहण गर्नुभएको छ । प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गर्नुभएको हो ।
राष्ट्रपतिले नवदुर्गालाई ८४ व्यञ्जन अर्पण गर्दै विशेष पूजा गर्नुभयो । उहाँले नवदुर्गा नाचसमेत अवलोकन गर्नुभयो । राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सङ्कल्प पूजा गराउनुभएको थियो । त्यसैगरी नवदुर्गाका मूल नाइके कृष्णकुमार बनमाला, सहायक नाइकेहरू भैलबहादुर बनमाला र इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद प्रदान गर्नुभयो । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणको दर्शन पनि गर्नुभयो ।
कमेन्ट :