spot_img

Wednesday, February 12, 2025

अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ५ रनले हरायो

 

कात्तिक,११ ,काठमाडौं ।  विश्वकप क्रिकेटको रोमाञ्चक प्रतिस्पर्धामा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई ५ रनले हराएको छ ।

शनिबार भारतको धर्मशालामा अष्ट्रेलियाले दिएको ३८९ रनको लक्ष्य पछ्याएको न्यूजिल्याण्डले रचिन रवीन्द्रको शतकको मद्दतमा ५० ओभरमा ९ विकेट गुमाएर ३८३ रन मात्र बनाउन सक्यो ।

  • -advertisement-

टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ह्याभिड हेडको शतकको मद्दतमा ४९.२ ओभरमा सबै विकेट गुमाएर ३८८ रन बनाएको थियो ।

उसको सुरुवात निकै राम्रो रह्यो । डेभिड वार्नर र हेडले पहिलो विकटका लागि १७५ रनको साझेदारी गरे । वार्नर ८१ रनमा आउट भए । न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले ३–३ विकेट लिए भने मिसेल सेन्टनरले २ विकेट हात पारे ।

सुरुको दुई खेल गुमाएको अष्ट्रेलिया लगातार चार जितसँगै ८ अंकका साथ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । समान ८ अंक जोडेको न्यूजिल्याण्ड रन रेटमा अगाडि भएका कारण तेस्रो स्थानमा छ ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार