single head

प्रतिष्ठान नवलपुर शाखाको अध्यक्षमा बुद्धिनाथ घिमिरे सर्वसम्मत चयन/ नयाँ कार्यसमितिले लिए सपथ

single post top 1

नवलपुर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपुर शाखाका नवनिर्वाचित समितिले सपथ  तथा पदभार ग्रहण गरेका छन्। प्रतिष्ठानको निर्माणधिन आमाघर तथा लोक संग्राहालयको परिसर कावासोतीमा शनिबार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका सस्थापक अध्यक्ष अमर बिरही गुरुङले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराउनु भएको छ। निर्बाचन अधिकृतको रुपमा अधिबक्ता  गणेश अधिकारी रहनु भएको थियो ।

single p1

प्रतिष्ठान नवलपुर शाखाको नवौँ जिल्ला अधिवेशन बाट अध्यक्षमा बुद्धिनाथ घिमिरे सर्वसम्मत चयन हुनुभएको थियोे । तेस्तै प्रतिष्ठानको उपाध्यक्षमा भक्तबहादुर थापा मगर चयन हुनुभएको छ भने महिला उपाध्यक्षमा राधा रानाभाट, द्वितीय उपाध्यक्षमा शान्ता कडेल चयन हुनुभएको छ। त्यस्तै सचिवमा दीपक काफ्ले (दीप), कोषाध्यक्षमा विक्रम पौडेल, सहसचिवमा संजयकुमार देवकोटा, सह कोषाध्यक्षमा दुर्गा भुसाल चयन हुनुभएको छ। त्यस्तै प्रवक्ताकामा लोकनाथ सुवेदी, संगठन विभाग प्रमुखमा नुनबहादुर आले, सञ्चार विभाग प्रमुखमा दिपेन्द्र थापा मगर चयन हुनुभएको हो। त्यस्तै सदस्यहरूमा अस्मि थापा, टिकिसरा राना मगर, ज्योति ढकाल न्यौपाने, प्रकाश गुरुङ, बन्दना विश्वकर्मा, रुक्मिणी सापकोटा, चन्द्रबहादुर गुरुङ, अर्जुन विश्वकमार्, कल्पना लामिछाने, रुपा राना मगर चयन हुनुभएको छ ।त्यस्तै लेखा समिति संयोजकमा रामकुमार सुनार, सदस्यमा दामोदर पाण्डे, अर्जुन कँडेल, लोकनाथ पंगेनी र रमेश बहादुर गुरुङ चयन हुनुभएको हो।

single p2
ad

 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपुर शाखाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको निर्वाचन समिति संयोजक तेजबहादुर केसीले जानकारी दिनुभयो
नवनिर्वाचित अध्यक्ष घिमिरेले नेतृत्व सर्वसम्मत भएको बताउँदै आगामी दिनमा पनि साथ र सहयोगको अपेक्षा राख्नुभयो ।उहाँले दोस्रोपटक पनि फेरि आमाघर र संग्राहालयको जिम्मा आएको हुँदा यसलाई पूरा गर्नतर्फ खटेर लाग्ने र सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो। उहाँले नवनिर्वाचित समिति सर्वसम्मत भएकोले सबैले हातमा हात र साथमा साथ दिएर नेपाली लोकदोहोरी प्रतिष्ठान नवलपुरलाई उचाइमा पुर्याउने लक्ष्य रहेको बताउनुभयो। सपथग्रहण कार्यक्रमको सहजिकरण न्यायधिबत्ता सुबास देवकोटाले गर्नुभएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल नवलपुरको २४ औँ साधारणसभा तथा नवौँ जिल्ला अधिवेशन गत शनिवार देवचुलीमा भएको थियो ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3