single head

नयाँ आधुनिक गीत “ मेरो पुण्य मुटु ” सार्वजनिक

single post top 1

काठमाडौं । लोकप्रिय गायिका गीता पाण्डेको सुमधुर स्वरमा सजिएको नयाँ आधुनिक नेपाली गीत “मेरो पुण्य मुटु ” सार्वजनिक भएको छ।

single p1

नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रियता जनाउँदै आएका मुकुन्द राज शर्माले गीतको शब्द र मणिकमल छेत्रीको संगीतमा रहेको गीतमा भावनात्मक सम्बन्धलाई गीतमा समेटिएको छ ।

single p2

गीत मूलतः साङ्गीतिक प्रस्फुटन भएकाले यस गीतकी गायिका पाण्डेको प्रस्तुतिगत शिल्प र युगीन चिन्तनले हरेक पिँढीका श्रोतालाई चपक्क समातेको छ । यस गीतलाई नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा लिइएको छ साथै नयाँ तरंग ल्याएको छ यसले नेपाली संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ। गीत प्रेम,अनुभूति र भावनालाई समेट्ने शैलीमा तयार पारिएको प्रस्तुत गरिएको छ ।

गीतको संगीत संयोजन पवन वाङ लामाले गरेका छन्, भने किशोर थापाले गीतको मिक्सिङ र मास्टरिङ को जिम्मेवारी गरेका छन् ।
भिडियोतर्फ, गीतको निर्देशन पूजा ठकुरीले गरेकी छन्। भिडियोमा गीता पाण्डे, मुकुन्द राज शर्मा साथै हरि राम पौडेलको अभिनय देख्न सकिन्छ। अजय रेग्मीले भिडियोको छायांकन गरेका छन् भने बिनोद बमले सम्पादनको गरेका छन ।

single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3