spot_img

Sunday, June 14, 2026

नेपाली फिल्म  ‘अञ्जिजा’को टिमले चितवनका पत्रकार सङ्ग गर्यो भेटघाट

चितवन । फागुन २९ गते बाट प्रदर्शनमा आउने नेपाली फिल्म  ‘अञ्जिजा’को टिमले चितवनका पत्रकारसङ्ग भेटघाट गरेको छ ।

फिल्मको बारेमा जानकारी दिन सोमबार पत्रकार भेटघाट कार्यक्रममा चलचित्रका निर्देशक मिलन चाम्सले  “यो फिल्म नेपाल महिला राष्ट्रिय फुटबल टीमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको कथामा आधारित रहेर निमाण गरिएको फिल्ममा एन्जिलाले भोगेको भोगाईलाइ फिल्ममा देखाईएको बताउनु भयो  । उहाले यो फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठले ठूलो जोखिम मोलेर फिल्ममा लगानी गरेको कारण ‘अञ्जिला’ चलेको खण्डमा आउदा दिनहरुमा पनि खेल सङ्ग सम्बन्धित फिल्म बनाउने आट निर्मातालाई आउने कुरा बताउनु भयो  ।

फिल्ममा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङले पनि अभिनय गर्नु भएको छ  ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :