spot_img

Saturday, March 22, 2025

विजय लिटिल च्याम्प २०८१ को अमर ईंङ्लिस स्कुलले जित्यो

गैँडाकोट ।    विजय लिटिल च्याम्प २०८१ को उपाधि गैँडाकोट १६ मा रेहेको अमर ईंङ्लिस स्कुलले प्राप्त गरेको छ ।

बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले आइतबार अमरापुरीमा भएको  प्रतियोगितामा किड्स होम एकेडेमी दोस्रो, विजय सामुदायिक शिक्षा सदन तेस्रो र कण्टिनेण्टल ई. बो. स्कूलले सान्त्वना स्थान हासिल गरेका छन् ।

  • -advertisement-

प्रथम पुरस्कार २० हजार रुपैँया, द्वितीय पुरस्कार १५ हजार रुपैँया, तृतीय पुरस्कार १० हजार रुपँैया र सान्त्वना पुरस्कार ३ हजार रहेको थियो । प्रतियोगितामा १८ वटा विद्यालयको सहभागिता रहेको थियो ।

 

डान्सर तथा मोडल रुविना अधिकारी र चर्चित लोकगायिका कला लम्साल निर्णायक मण्डलमा रहेका थिए । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि कार्यक्रमको आयोजना गरिएको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभयो ।

 

सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको आयोजनामा भएको कार्यक्रममा गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले विद्यालयहरुलाई अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राख्न आग्रह गर्नुभएको थियो ।

 

विजय एफएमका संस्थापक अध्यक्ष खेमराज सापकोटा, लेखा समिति संयोजक बद्रीनाथ लम्साल लगायतले शुभकामना मन्त्व्य व्यक्त गर्नुभएको थियो ।

 

कार्यक्रममा विजय एफएमका सहसचिव नर्मदा पाण्डे, सञ्चालक सदस्य टंकप्रसाद चापागाईं, लेखा समिति सदस्य ज्ञानु सापकोटा, जनप्रतिनिधि रत्नबहादुर बोहरा लगायतको उपस्थिति रहेको थियो ।

कमेन्ट :
-advertisement-

ताजा प्रकासित

सम्बंधित समचार