असोज १८,नवलपुर । कुसल कार्यक्रम संचालक तथा गायक सञ्जय देवकोटाको पहिलो अफिसियल गीत ‘कुरा बुझ्देउ न’ सार्वजनिक भएको छ ।
कावासोतीको कावासोती सिने म्याक्समा प्रिमियम गरेर गीतलाइ सार्वजनिक गरिएको हो । गीतमा देवकोटासँगै अहिलेकी चर्चित तथा सर्वाधिक व्यस्त गायिका एलिना चैहानको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत श्रीधर अधिकारीले नै भरेका छन् ।
गीतको भिडियोमा चर्चित गायक तथा मोडल दुर्गेश थापा, सञ्जय देवकोटा , संचिता बोलाके, प्रिंसिका श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
भरतपुर र नवलपुरका बिभिन्न क्षेत्रमा छाँयाकन गरिएको गीतको भिडियोमा सञ्जय विश्वकर्माको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।
गीतको भिडियोलाइ सुरेश काफ्ले र आरडी दुलालले खिचेका हुन् भने अमृत चापागाईले सम्पादन गरेका हुन् । सांगितिक कार्यक्रमहरुमा प्रस्तोता र गायकको रुपमा परिचित देवकोटाले आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिकृया दिन आग्रह गरेका छन् । देवकोटा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरमा पनि आवद्ध रहेका छन् ।
‘कुरा बुझ्देउ न’ गीतको भिडियो डीटिएम मीडिया मार्फत युटुबमा हेर्न सकिन्छ । फास्टखबर अनलाईनको तर्फबाट गीतको सफलताको शुभकामना ।
कमेन्ट :