आधा दर्जन बढी तीज गीत सामूहिक विमोचन

arthik side 1

काठमाडौँ । काठमाडौँको राष्ट्रिय नाचघरमा यस वर्ष बजारमा आएका मौलिक आधा दर्जन बढी तीज गीत सार्वजनिक भएका हुन्।

आइतबार कार्यक्रममा सामूहिक विमोचनसँगै विकृतिजन्य गीतको बारेमा पनि अन्तरक्रिया गरिएको थियो। सारी लरक्कै, बाबाको आँगनीमा, फेरि आयो तिजै, चेलीलाई माइती, कालो कपाल पारेर फरर लगायतका गीतहरू एकसाथ विमोचन भएका हुन्।

Article Inline 2

सो अवसरमा गीतका सर्जक, एवं गायक गायिकाले आफ्नो आफ्नो धारणा प्रस्तुत गरेका थिए। नेपाली लोक संस्कृतिको संरक्षण, संवर्द्धन र प्रचार प्रसार गरौँ, शान्ति, प्रेस स्वतन्त्रता, मानव अधिकार र पत्रकार हकहितको सुनिश्चित गरौँ भन्ने नारासहित राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा गीतको सामूहिक विमोचन भएको हो। यस वर्ष हरितालिका तिज भदौ २१ गते परेको छ।

ताजा प्रकासित

सम्बंधित समचार

प्रतिक्रिया दिनुहोस् :