single head

लायन्स क्लव अफ चितवन वाङ्ममयको अध्यक्षमा सुजन अधिकारी चयन

single post top 1

चितवन, बैशाख १५ । लायन्स क्लव अफ चितवन वाङ्ममयको ७ औं अधिवेशन  शुक्रबार मेघौलीको थारु ग्रामीण होमस्टेमा सम्पन्न भएको छ। अधिबेशनले बर्ष २०२४/२५ का लागि लायन सुजन अधिकारीलाई अध्यक्ष पदमा चयन  गरेको छ । क्लबमा प्रथम उपाध्यक्षमा लायन पुष्प अधिकारी अञ्जली, द्वितीय उपाध्यक्ष लायन राजेन्द्र पौडेल, सचिव लायन बिदुर अधिकारी ,कोषाध्यक्ष लायन हिरामणी शर्मा र सह-सचीव लायन राजेन्द्र सिलवाल सर्वसम्मत चयन भएका छन ।
लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ आर नेपाल जोन ३६ का जोन चियर पर्सन लायन हरिप्रीया रिजाल प्रमुख अतिथी रहेको कार्यक्रममा निवर्तमान अध्यक्ष रामहरी श्रेष्ठ, पुर्व अध्यक्ष सुर्यमणी रेग्मी, लगाएत डा: हेमनाथ घिमिरे, मुना रेग्मी, रोजिना लोहनी, इन्दिरा अधिकारी, बिनिता शर्मा, बेद प्रसाद महत्तो लगाएत अतिथी रहनु भएको थियो
अधिबेशन लाई सम्बोधन गर्दै नव निर्वाचित अध्यक्ष अधिकारीले समाजमा आई पर्ने विपत व्यवस्थापन, असहाय दीन दु:खीहरुलाई सहयाेगका साथै कला साहित्य र पत्रकारिता क्षेत्रलाइ समेत समेट्ने बताउनु भयो । कार्यक्रम लाई क्लबका सचीव लायन राजेन्द्र पौडेलले सहजीकरण गर्नुभएको थियो ।

single p1
single p2
single sidebar 1
single sidebar 2

ताजा प्रकासित

प्रतिक्रिया दिनुहोस् :

सम्बंधित समचार

single sidebar 3